काठमाडौं, २७ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको दार्चुलाको व्यास गाउँपालिकामा रहेको कुटी गाउँको भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । उनले मोदीको यस भ्रमणबारे नेपाल सरकारलाई जानकारी थियो त ? भनेर प्रश्नसमेत तेर्साएका छन् ।
खनालले आज एक विज्ञप्ती निकाल्दै मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी फौज र सुरक्षाका साथ नेपाली भूमिमा उत्रिएको र पार्वती कुण्डमा पूजाआजा समेत गरेकोलाई अर्को आश्चर्यजनक घट्नाको रुपमा लिएका छन् ।
उनले भनेका छन्–‘कुटी, नाभी र कुञ्जीजस्ता स्थानहरु ल्गायत महाकाली नदीको एकमात्र शीर लिम्पियाधुरासम्मको भूभाग ऐतिहासिक एकीकरणदेखि नै नेपालका अभिन्न भूभाग हुन् भन्ने कुरा इतिहासविद्, तथ्यसिद्ध र तर्कसिद्ध छ । तर, भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एकपछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन् । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पूजाआजाको नाममा गरिएको ठाडो अतिक्रमण् ।’
खनालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ