काठमाडौं, कात्तिक १० । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनतिर नेताहरूकाे लर्काे स्वाभाविक भएकाे बताएका छन् । ‘भारत र चीन नेपालका छिमेकीहरू हुन् । पहिले भारततिर लर्काे हुन्थ्याे, अहिले चीनतिर लर्काे छ । चीनतिर पहिले कम थियाे, अहिले बढेकाे छ । याे स्वाभाविक हाे,´ प्राइम टाइम्स टेलिभिजनकाे
जनता जान्न चाहन्छन्´ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेता खनाल बीआरआईकाे तेस्राे विश्वसम्मेलनमा सहभागी भएर भर्खरै नेपाल फर्केका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमणयता गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शंकर पाेखरेल, कांग्रेस नेतृ सुजाता काेइराला पनि त्यता गएका छन् । प्रधानसेनापति पनि चीन भ्रमणमा निस्कँदै छन् । नेपालले बीआरआईकाे सहयाेग लिन कुनै सर्त राख्न नहुने उनले औंल्याए ।
खनालले भने,”सहयाेगापेक्षी राष्ट्रले अनुदानमात्र लिन्छु, ऋण लिन्नँ भनेर बटमलाइन राख्न मिल्दैन । वर्ल्ड बैंक, एडीबीबाट ऋण लिन हुने, बीआरआईकाे ऋण चाहिँ लिन नहुने भन्ने कुरा बेतुका र वाहियात हाे ।"
नेता खनालले बीआरआई बृहत् परियाेजना भएकाले यसमा सहभागी हुनु नेपालकाे हितमा रहेकाे जिकिर गरे । उनले भने,
बीआरआई अन्तर्गत ३० हजार परियाेजना छन् । १५३ मुलुक सहभागी छन् । यसमा नेपाल सहभागी हुन किन नमिल्ने ?´ नेपाली नेताहरूले आफैंले गरेकाे सम्झाैता भुल्ने गरेकाे आराेप पनि खनालले लगाए ।
उनले थपे, `हाे, पाेखरा विमानस्थलकाे निर्माण पहिले नै भएकाे हाे तर त्यसपछिकाे सम्झौतामा त्यसलाई बीआरआईअन्तर्गत पारिएकाे रहेछ । हाम्रा नेताहरूले अघिल्लाे सम्झाैता बिर्सने, गल्ती गर्ने गर्दा दुई देशकाे सम्बन्धमा समस्या पर्न सक्छ । सफ्ट लाेन इजी कुरा त हाेइन नि ।´