काठमाडौं,२२ कार्तिक । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा बसेको सर्वदलीय बैठकप्रति राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २५ बुँदामा टिप्पणी गरेका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले व्यवस्था विरोधी गतिविधि बढ्दै गएको कारण गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको निष्कर्षसहित तत्कालीन विद्रोही पक्ष र सात दलबीच भएको १२ बुँदे सहमतिमा साक्षी रहेका दलहरुको छलफल डाकेका थिए । उक्त सहमतिमा सहभागी नभएका राप्रपा र नवउदारवादी दल रास्वपालाई भने सो छलफलमा आमन्त्रण गरिएको थिएन् ।
उक्त बैठकबारे बुधबार सामाजिक सञ्जालमा मिश्रले राजतन्त्र पक्षधरको आन्दोलन र बढ्दै गएको जनमतका कारण दलहरु डराएको टिप्पणीसहित उनले २५ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
‘१२ बुँदे’ हरूले एक बुँदेसँग भिड्न तयारी सुरू गरेछन् भन्दै मिश्रले लेखेका छन् ।
१- व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे- राजसंस्थावादीले गर्दा ।
२- देशभर ५०% शटर बन्द छ- राजसंस्थावादीले गर्दा।
३- ठूला व्यापारी ठूलो संकटमा छन्- राजसंस्थावादीले गर्दा।
४- अर्थतन्त्रमा ऋणभार झण्डै ४५% भयो- राजसंस्थावादीले गर्दा।
५- गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउनसक्छ- राजसंस्थावादीले गर्दा ।
६- विकास खर्च १७५ मा झर्यो- राजसंस्थावादीले गर्दा।
७- प्राध्यापक, कर्मचारी, वकिल देखि सबैको दलीय संगठन बन्यो- राजसंस्थावादीले गर्दा ।
८- सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो- राजसंस्थावादीले गर्दा।
९-सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो-राजसंस्थावादीले गर्दा।
१०- देश संसारकै भ्रष्टमध्येको भयो – राजसंस्थावादीले गर्दा।
११- नेपाल एसियाकै गरिब देश भयो – राजसंस्थावादीले गर्दा।
१२- ललितानिवास, शरणार्थी, सुन लगायत अन्य सयौँ काण्ड भयो- राजसंस्थावादीले गर्दा।
१३- जातीय र धार्मिक हिंसाको संभावना बढ्यो- राजसंस्थावादीले गर्दा।
१४- वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् – राजसंस्थावादीले गर्दा ।
१५- छिमेकीले तिब्र विकास गरे, हामीले सकेनौँ- राजसंस्थावादीले गर्दा।
१६- कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचना प्रविधि, केही पनि नीति जानेनौँ- राजसंस्थावादीले गर्दा।
१७- समग्र समाजको नराम्रो नैतिक पतन भयो- राजसंस्थावादीले गर्दा।
१८- मान्छे मरेका छन्, खानरसुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्ररधर्म निरपेक्षता जोगाउने चिन्ता छ – राजसंस्थावादीले गर्दा।
१९- मधेस प्रदेश केन्द्र विरूद्ध विद्रोह गर्ने भन्छ- राजसंस्थावादीले गर्दा ।
२०- विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् – राजसंस्थावादीले गर्दा ।
२१- राजसंस्थाको भूतले धेरै नै तर्सायो- राजसंस्थावादीले गर्दा।
२२- नयाँ र पुराना सबै प्रचण्डपथगामी हरूको राजनीतिमा प्रश्न उठ्यो- राजसंस्थावादीले गर्दा।
२३- राष्ट्र र राज्युका रूपमा नेपालको तिब्र क्षयीकरण भयो- राजसंस्थावादीले गर्दा।
२४- एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो- राजसंस्थावादीले गर्दा।
२५- मेरो टिप्पणी: विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्णसंक्रमण मार्फत नवीन समझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस् !