काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । महोत्तरीको जलेश्वरमा हुन लागेको उक्त बैठक मंसिर १३ गतेसम्म चल्ने छ ।
बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायतका एजेण्डामा छलफल हुने जनाईएको छ । जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने यस बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिने जनाईएको छ ।