Logo

जथाभावी बोल्दै नहिँड्न अमरेशलाई वाईसिएल अध्यक्ष शेर्पालीको चेतावनी



काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमाथि लगायको आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयमाथि डा. अमरेशले गम्भीर आरोप लगाएको प्रति आपत्ति जनाउँदै उनले बोलेको कुराको सत्यतथ्यसहित प्रमाण पेश गर्न चुनौति दिएका हुन् ।

‘प्रधानमन्त्री सचिवालयबारे डाक्टर अमरेश कुमार सिंहले सामाजिक संजालमा लेखेको विषय अत्यन्तै गम्भीर छ । डाक्टरसाप कि त लेखेको बोलेको कुराहरूको सत्यतथ्य प्रमाण पेस गर । होइन भने जथाभावी आफ्नो स्वार्थ पूरा नभएपछि जे पायो त्यही आरोप लगाउदै बोल्ने छुट कदापी छैन,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

अमरेशले प्रधानमन्त्रीकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले व्यापारीहरुसँग पैसा बुझेका प्रमाणहरु आफूसँग रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । अमरेशको उक्त अभिव्यक्तिविरुद्ध अध्यक्ष शेर्पालीले चेतावनी दिएका हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्