काठमाडौं, पुस २ । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले आज एक दिने शोक मनाउने भएको छ । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो ।
आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
“मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मंसिर ३० गते ९सन् २०२३ डिसेम्बर १६ ० का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने छ,” गृह मन्त्रालयले भनेको छ ।
अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।