Logo

राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने



काठमाडौं,३ पुस । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डाकिएको छ ।

आजको बैठकमा एनसेल प्रकरण, सरकार भित्रको सुशासनको विषय र संघीय निजामती ऐन लगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बसेको बैठकले एनसेल प्रकरणको बारेमा छलफलका लागि प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्