जनकपुर । जनकपुरधाममा जारी नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।
प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।
यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् । सम्मेलनको पार्टी सभापति शेरवहादुर देउवाले विहिबार उद्घाटन गरेका थिए ।
सम्मेलनको उद्घाटन समारोहमा उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता महेन्द्र यादवसहित शीर्ष नेताहरूको उपस्थित रहेको थियो ।