Logo

सरकारले आफूलाई सहि मार्गमा ल्याएन भने गठबन्धनलाई निरन्तरता दिन नसकिने : आङदेम्बे



काठमाडौं, पुस ७ । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदेम्बेले नेताहरुले देशको लागि भन्दा पनि आफ्नै र आफ्नाका लागि मात्रै गरिरहेको आरोप लगाएका छन्।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आङदाम्बेले भ्रष्टाचारलाई मलजल गर्न र प्रशय दिनकालागि देशका शिर्ष र माथिल्लो तहकै नेतृत्वहरु नै लागेको भन्ने कुरामा कुनै शंका नरहेको दाबी गरे। भ्रष्टाचारलाई निमयन गर्ने र हेर्ने हरेक निकायहरुले यस कुरालाई शसक्तरुपमा नियाल्नुपर्नेमा जोड दिए।

भ्रष्टाचारमा अघि बाट पछि सर्ने ट्रेन चलेको बताउँदै उनले हिजोको पुस्ताले जे गरे त्यसैलाई अहिलेका पुस्ताले पछ्याउने कुरा निकै चिन्ताजनक रहेको स्पष्ट पारे।

यस्तै अर्को प्रसंगमा नेता आङदाम्बेले अहिलेको सरकारसँग आफूहरु कत्ति पनि सन्तुष्ट नभएको बताए। कुनै पार्टीको एकल सरकार नभई गठबन्धनको सरकार भएकाले धेरै गफ गरेर भन्दा पनि काम गरि प्रमाणीत गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

अहिलेको सरकारलाई सिंहदरबारभित्र भन्दा पनि विभिन्न भुगोलहरुमा उद्घाटन, भाषणमा र विवादित कुराहरु व्यक्त गरेर बसेको देख्नु बाहेक अरु ठाउँमा देख्न नपाएको उनको आरोप छ।

यतिबेला भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएको होकी भन्ने देखिएको अवस्थामा सरकारले आफूलाई सहि मार्गमा ल्याएन भने आफूहरुले हेरेर नबस्ने बताउँदै गठबन्धनलाई निरन्तरता दिन नसकिने पनि उहाँले स्पष्ट पारे।

यस्तै कांग्रेसमा पछिल्लो समयमा बढ्दै गएको वरीयता विवादलाई सामान्यरुपमा लिन पनि नेता आङदाम्बेले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्