काठमाडौं, पुस १० । सामाजिक सञ्जालमा टिप्पणी गर्न सक्रिय रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानलाई नहेरे आफ्नो कार्यकक्षमा राखेको फोटो झिकेर फाल्दिने बताएका छन् । बिकासको केन्द्र बिन्दुमा धरानलाई पारिन्न भने सरकारलाई मानिरहनु पर्छ भन्ने केही नरहेको उनको भनाई छ ।
उनले आफ्नो फेसबुक अकाउन्टमा स्ट्याटस लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूले धरानलाई माया गर्छन् गर्दैनन् हेर्छु यसपालि । मेरो अफिसको भित्तामा राखेको फोटो फालेर यलम्बरको फोटो राख्न नपरोस् । कुरा यति ।’ कतिपयले भने मेयर सम्पाङले धरानको विकासमा ध्यान नदिए प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत खुल्ला चुनौती दिएको बताएका छन् ।