काठमाडौं, पुस २१ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धन बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहिबेरमा बैठक सुरु हुन लागेको हो । बिहान ९ बजेदेखि बैठक बस्ने तयारी अनुसार सरकारमा सहभागी गठबन्धन दलका शिर्ष नेताहरु बालुवाट पुग्ने क्रम जारी छ ।
राष्ट्रियसभा निर्वाचनमा सिट बाडँफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । आजको बैठक राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा केन्द्रित रहने जनाईएको छ ।
प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा केही असन्तुष्टि बढेको छ ।