Logo

दोहा पुगे प्रधानमन्त्री प्रचण्ड, विमानस्थल भव्य स्वागत (तस्विरहरु)



काठमाडौं,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहा पुगेका छन् । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ दोहामा ट्रान्जिट भएर युगान्डा प्रस्थान गर्नेछन् । उनी आज बिहान २ः१५ बजेको कतार एअरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपाली कार्यबाहक राजदूत कुमार राईले स्वागत गरेक छन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई भोली माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

फोटोः रासस



प्रतिक्रिया दिनुहोस्