काठमाडौ, माघ २१ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज पनि बस्दैछ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार शनिबारदेखि सुरु भएको बैठकमा आज प्रतिपक्षको हैसियतले संसद्मा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेविषयमा छलफल हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष ओलीले आज सांसदहरूलाई संसद्मा पार्टीका सांसदहरूको भूमिका प्रभावकारी बनाउने बारेमा प्रशिक्षण दिनेछन् । यसअघि शनिबार बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । बैठक आज समापन हुनेछ ।