Logo

प्रचण्डले भने : चित्तबुझ्दो तर्कसहित आए मलाई नेतृत्वमा बसिरहने रहर छैन



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चित्तबुझ्दो जवाफसहित आए आफूलाई नेतृत्वमा बसिरहन रहर नभएको बताएका छन् । पार्टीको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूलाई नेतृत्वमा बसिरहने रहन नभएको बताएका हुन् ।

उनले भने,‘तपाईँहरु चित्तबुझ्दो तर्कसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिरहने रहर छैन् ।’ उनले माओवादीलाई पछिल्लो समय हेप्ने काम भएको भन्दै सबै माओवादी घटकहरुबीच एकताको आवश्यकत्ता औंल्याएका छन् । उनले भने,‘यत्रो परिवर्तनको नेतृत्व गरेको शक्ति हो–माओवादी । अहिले प्रतिक्रियावादी शक्तिहरु सलबलाएका छन् । उनीहरुले हाम्रो शक्ति र संघर्षलाई स्खलित गर्न कुचेष्टा गरेका छन् । ती सबै कुचेष्टाहरुलाई परास्त गर्न एकतावद्ध हुनुपर्छ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्