Logo

कांग्रेस महासमिति बैठकको बन्द सत्र आज, विभिन्न प्रतिवेदन पेश गरिदै



काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि चलिरहेको महासमिति बैठकको बन्दसत्रमा आज पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।

त्यस्तै, बैठकमा अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्दैछन् । आ पेश हुने प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ। महासमिति बैठकको बन्द सत्र आज बिहान ९ बजेबाट सुरु हुँदैछ।



प्रतिक्रिया दिनुहोस्