Logo

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद



काठमाडौं, फागुन ९ । परराष्ट्रमन्त्री एनपी साउद आज भारत भ्रमणमा जाँदैछन् । भारतीय विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना हुने बहुपक्षीय मञ्च रायसिना संवादको नवौँ संस्करणमा भाग लिन उनी आज नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले भारत भ्रमणक क्रममा भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको गरेको हो । यसअघि मन्त्री साउद फागुन २ गते अष्ट्रेलिया र न्यूजल्यान्डको भ्रमण गरेर नेपाल फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्