Logo

राजेन्द्र महतोको आन्दोलनमा साथ दिन पुगेका जसपाका नेता सडकमै बेहोस



काठमाडौं, १६ फागुन । राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । महतोलाई साथ दिनको लागि उपेन्द्र यादवका नेताहरुपनि पुगेका छन् ।

यसरी महतोको आन्दोलनमा साथ दिन जाने उपेन्द्रको पार्टी जसपाका नेताहरुमा रामबच्चन यादव, ओमप्रकाश यादव (गुल्जारी) र ओमप्रकाश यादव, रामनरेश राय यादव छन् । माईतीघरमा युवा नेता रमन पाण्डे बेहोस भएका छन् ।

‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो ।



प्रतिक्रिया दिनुहोस्