Logo

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं, फागुन २१ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार संङघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक १ बजेर १७ मिनेटमा बस्नेछ ।

संङघीय संसद सचिवालयका अनुसार आजको प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेश गर्ने कार्यसुची रहेको छ ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आ.ब. २०८१ /८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

त्यस्तै, अपराह्न १ः१७ बजे बस्ने राष्ट्रिय सभा बैठकमा नवनिर्वाचित सदस्यहरूको स्वागत तथा सदस्यहरूबाट सभामा अपेक्षा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्