काठमाडौं, २२ फागुन । माधव नेपालसँगको छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । नेपालको कोटेश्वर निवासमा भएको दुई घण्टा लामो छलफलमा सत्ता सहकार्यको लागि दाहाल र ओलीले प्रस्ताव गरेका थिए ।
नेपाल निवास कोटेश्वरबाट बाहिरिने क्रममा ओलीले माधव नेपाल अस्वस्थ भएको कारण स्वास्थ्यलाभको कामना गर्न आएको र सो क्रममा राजनीतिक विषयमा पनि कुराकानी भएको प्रतिक्रिया दिए । उनले माधव नेपालसँगको छलफल सकारात्मक भएको पनि जानकारी दिए । दाहाल र ओली निस्किएलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाल निवास छिरेका छन् ।