काठमाडौँ, ३० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख सिफारिसमा मधेसीलाई वेवास्ता गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नयाँ सरकार गठनभएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र सिफारिसमा पनि मधेसी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाए ।
सांसद चौधरीले लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी समेत गराए । उनले भने, “हाम्रो दलले वर्तमान गठबन्धन सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्दै जाने भन्ने पहिला पनि जानकारी गराएको थिए र हाल पनि दलको समर्थन र सहयोग रहन्छ, तर, हालका लागि लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउछु ।” रासस