काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ले थप एक मन्त्रालय पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ सांसद रमा आलेमगरलाई बिना विभागीयमन्त्री नियुक्त गरेका छन् ।
एकीकृत समाजवादीले यो सँगै बागमतीमा तीन मन्त्रालय पाएको छ । आलेलाई आज शपथ ग्रहण गराउने तयारी गरिएको छ । सांसद आलेमगर हिजो दिउँसो एक बजेलाई तोकिएको समयमा प्रदेश सभा नआएकाले बैठक चार बजेलाई बैठक सारिएको थियो ।