Logo

बागमतीमा रमा आले मगरले लिईन् विना विभागीय मन्त्रीको शपथ



काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् ।

उनी काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीले यो सँगै बागमतीमा तीन मन्त्रालय पाएको छ ।



प्रतिक्रिया दिनुहोस्