Logo

नयाँ वर्षको पहिलो दिन शक्तिपिठमा दर्शनार्थीको भिड (फोटोफिचर)




काठमाडौं । नयाँ वर्षको पहिलो दिन आज विभिन्न मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ । नयाँ वर्षको पहिलो दिन शक्तिपिठको दर्शना गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ विहानैदेखि विभिन्न मन्दिरमा दर्शनार्थीको भिड लागेको हो । राजधानीस्थित पशुपतिनाथ, भद्रकाली, दक्षिणकाली लगायतका शक्तिपिठमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागि रहेको छ ।

आज नयाँ वर्ष २०८० को पहिलो दिन बिहान हिन्दु र वौद्ध धर्मावलम्वीहरु बिहानैदेखि मन्दिर, धाम र गुम्बा पुगेका छन् । उता काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, गोरखाको मनकामना, चितवनको देवघाट, नवलपुरको कालिका, बागलुङको कालिका मन्दिर र सुनसरीको चतराधाममा पनि श्रद्धालु भक्तजनको भीड लागेको छ । त्यसैगरी पर्वत , गुल्मी र स्याङजाको संगमस्थल सेतिबेनी र रिडीमा कालीगण्डकी नदीमा स्नान गर्ने र शिला तथा शालिग्रामको दर्शन गर्नेहरुको लर्को देखिन्छ ।

फोटोःमुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्