Logo

भद्रकालीमा सवारी पूजा गर्नेको भिड



काठमाडौं, वैशाख १ । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड लागेको छ । नयाँ वर्षको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गरिदैछ । आजको दिन सवारी खरिद गरेर धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउनेजस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रहिआएको छ ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्