काठमाडौं, वैशाख ३० । वैवाहिक बलात्कार सम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। उनीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्।