काठमाडौं, वैशाख ३१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेको विमानस्थलका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए। उनीहरु आइतबार साँझ पौने ७ बजेको फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ मार्फत दुबईबाट काठमाडौंमा अवतरण भएका थिए ।
विमानस्थल प्रहरीले चेक गर्ने क्रममा सुरेश कुमारले लगाएको सेतो रंगको टि–सर्ट, निलो रंगको पेन्टी र कालो रंगको जिन्स पाईन्टमा लेपन/पेष्ट गरएको दुई किलो ६०० ग्राम र मोहन कुमार गणेशनले लगाएको कालो रंगको टि–सर्ट, निलो रंगको पेन्टी र निलो रंगको जिन्स पाइन्टमा लेपन/पेष्ट गरिएको दुई किलो ५०० ग्राम पहेलो धातु बरामद गरेको हो । प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।