Logo

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल



काठमाडौं, जेठ ५ । मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताए । उनले आलोपालो नेतृत्व लिने गरी नेकपा (एमाले), जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन करिबकरिब सहमति बनेको पनि बताए ।

“पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेश गर्छौ”, दलका नेता साहले भने। प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र नौँ, लोसपा आठ र एकीकृत समाजवादीबाट सातजना प्रदेशसभा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्