Logo

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु



काठमाडौं, जेठ ६ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सुरु भएको बैठकमा कार्यदलमा संयोजक गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल उपस्थित छन् । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार भएको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

समितिले आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुङ्गोमा पुर्‍याउने सहमति भएपनि समिति कस्तो बन्ने, जिम्मेवारी के–के हुने जस्ता विषयमा सहमति भइसकेको छैन। बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । बैठक सुरु भएसँगै नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीसमेत मन्त्रालयमा प्रवेश गरेका छन् ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्