Logo

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता निलम्बन गर्ने निर्णय अनुमोदन



सियोल, २२जेठ । दक्षिण कोरियाले मङ्गलबार डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) सँग सेप्टेम्बर–१९ मागरेको सैन्य सम्झौताको पूर्ण निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।

अघिल्लो दिन राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को कार्य–स्तरीय बैठकमा निर्णय गरेपछि प्रधानमन्त्री हान डक–सूको अध्यक्षतामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरिएको हो ।एनएससीले दुई पक्षबिच आपसी विश्वास पुनःस्थापित नभएसम्म सैन्य सम्झौताको सम्पूर्ण प्रभाव रोक्ने निर्णय गरेको छ ।

सन् २०१८ मा प्योङयाङमा भएको अन्तर–कोरियाली शिखर सम्मेलनमा सीमापारका सबै शत्रुतापूर्ण कार्यहरू रोक्नका लागि दुवै पक्षका रक्षा प्रमुखहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्