Logo

हुबहु बजेट पारित गर्न लागिएको भन्दै काँगेसको आपत्ति, बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप



काठमाडौँ, असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसले सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि आफ्ना सबै सांसदहरुलाई आज अनिवार्य संसद‍्मा उपस्थित हुन निर्देशन दिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै आपत्ति जनाउँदै आएको कांग्रेसले बजेटको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गर्ने तयारी गरेको छ ।

पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो । कांग्रेसले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । सरकारमा सहभागी दल नेकपा (एमाले)ले पनि बजेटप्रति असुन्तुष्टि जनाउँदै आएपछि बजेटमाथि उठेका प्रश्नमाथी छलफल गर्न अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्