जकपुरधाम, ५ भदौं । गृहमन्त्री रमेश लेखक भोलि (बिहीबार) बिहानै मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ । गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार भोली विहान ८ः१० बजे जनकपुरधाम विमानस्थलमा आउने बताइएको हो ।
भ्रमणको क्रममा स्वं प्रदीप गिरीको दोश्रो बार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहा पदाधिकारीहरुसंग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिरहाबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्कने नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।
यस्तै, भदौ ७ गते शुक्रबार विहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने गुप्ताले जनाए । सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरुसंग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए । file photo