Logo
निर्वाचन महासंग्राम-२०७९

भोजपुरको अरुणमा कांग्रेसका सालिकराम खत्री निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपुर, २ जेठ । भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सालिकराम खत्री निर्वाचित भएका छन् । खत्रीले २८८७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

विस्तृत पढ्नुहोस
जुम्लाको हिमामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

जुम्ला, २ जेठ । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका लक्ष्मण बहादुर शाही र उपाध्यक्षमका सुर्पना शाही निर्वाचित भएका हुन् ।

बुंगलमा मेयरमा कांग्रेस र उपमेयरमा एस निर्वाचित

बझाङ, २ जेठ । बझाङको बुगलनगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जयबहादुर धामी निर्वाचित भएका छन् । धामीले ७६१५ मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेकी धनदेवी

भरतपुरमा विजयभन्दा ६१ मतले पछि रेनु दाहाल

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । सुवेदीले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई ६१ मतले पछि पार्दै अग्रता लिएका हुन्

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडी

ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडी छन् । हालसम्म ७७२६ कुल मतगणना हुँदा महर्जनले ४४७३ मत पाएका हुन् । नेकपा एमालेका

भरतपुरमा विजय सुवेदी ३७ मतले अगाडी

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार विजय सुवेदीले ४१८१ मत प्राप्त गरेका छन्

रेनु भन्दा विजय झिनो मतले अगाडी

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार विजय सुवेदीले ४१४८ मत प्राप्त गरेका छन्

भक्तपुरमा नेमकिपाका सुनिल प्रजापति विजयी

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापति निर्वाचित भएका छन् । प्रजापतिले दोस्रो कार्यकालको लागि २९२०० मत प्राप्त गरेका हुन् । उपमेयरमा कांग्रेसकै

विजय जुलुशको गाडीमा विद्युतको तार ठोक्किदा २ जनाको मृत्यु

सल्यान, २ जेठ । सल्यानमा विजयी जुलुश मनाउन जादै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले जितेको कुमाख गाउँपालिकामा विजय जुलुश

जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित

खोटाङ, २ जेठ : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् । २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष

बालेनले कटाए ६ हजार मत

काठमाडौं, २ जेठ । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतगणना अनुसार साहले ६८८६ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार केशव

पोखरामा धनराज आचार्य ३६१ मतले अगाडी

पोखरा, २ जेठ । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीेले सुरुवातीदेखि अग्रता लिइरहेको छ । पछिल्लो विवरण अनुसार एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४१९१ मत ल्याएका छन् । नेकपा एमालका उम्मेदवार

Screenshot