Logo
स्वास्थ्य

चौँवन्न लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । बालस्वास्थ्य तथा

विस्तृत पढ्नुहोस
निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित

मन्थली (रामेछाप), ५ चैत । जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल

उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी

काठमाडौं, ४ चैत्र । गर्मी सुरु भैसकेको छ । यतिवेला तनले शितल खोज्ने गर्छ । गर्मी मौसममा उखुको जुस एकदमै लाभदायी मानिन्छ । उखुको जुसले एकदमै छिटो इनर्जी दिन्छ ।

लिमीका बालबालिका खोपबाट वञ्चित

सिमकोट (हुम्ला) ४ चैत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान

आजदेखि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु

काठमाडौँ, ४ चैत । काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ । टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

रुबेला–दादुराविरुद्धको खोप दुई लाख बढीले लगाए

काठमाडौँ, ३ चैत । काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् । बत्तिस वटै वडामा

नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज

पर्वत, ३ चैत । दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ । जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार

हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर

काठमाडौँ, २ चैत । हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेका तथ्याङ्कले देखाएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार तीन हजार हिमोफिलियाका बिरामी भए पनि आठ सय १४ जनाले मात्र नियमित

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा, २ चैत । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सबै बालबालिकालाई खोप लगाउन उपप्रधानमन्त्री यादवको अनुरोध

काठमाडौँ, २ चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन् । आज एक भिडियो सन्देश जारी गर्दै

डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी

दमौली (तनहुँ), २ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो ।

एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह

काठमाडौँ, १ चैत । प्राणघातक रोग एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरकारले व्यवस्था गरिरहेको सामाजिक सुरक्षा कार्यक्रममा एचआइभी सङ्क्रमित बालबालिकालाई पनि समेट्न आग्रह गरेको छ । भेलाले