Logo

उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी



काठमाडौं, ४ चैत्र । गर्मी सुरु भैसकेको छ । यतिवेला तनले शितल खोज्ने गर्छ । गर्मी मौसममा उखुको जुस एकदमै लाभदायी मानिन्छ । उखुको जुसले एकदमै छिटो इनर्जी दिन्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन् ।

उखुको जुस पिउनुका धेरै फाईदा छन् । उखुको जुसले कलेजोलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्छ । यसले पाचन प्रणालीलाई पनि बलियो बनाउने अध्ययनले देखाएको छ ।

मिर्गौलालाई स्वस्थ राख्नपनि उखुको जुस लाभदायी मानिन्छ । उखुको जुसले शरीरमा हड्डी र दाँतलाई पनि मजबुद बनाउन मद्दत पुर्याउने अध्ययन तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्