तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको दमौली बजारको दृश्य । मानहुँकोट दृश्यावलोकनका लागि पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । तस्वीरःकृष्ण न्यौपाने, तनहुँ
काठमाडौँको नारायणहिटी संग्रहालयमा सोमबार अवलोकनकर्ताको चहलपहल । तस्वीर ः रोशन सापकोटा
भक्तपुरको ताथलीस्थित कृष्ण इँटा भट्टामा दूधे बालकलाई काखी च्यापेर इँटा पार्दै महिला मजदुर । मजदुरले हजार इँटा पारेर ११ सय ज्याला पाउँछन् । तस्वीर ः लक्ष्मी गारु, भादगाउँ
पोखरास्थित पातले छांगा (देविड फल्स)को मनोरम दृष्य । हाल यहाँ पानीको वहाव निकै कम भएको छ । तस्वीर ः रत्न श्रेष्ठ
म्याग्दीको मंगला गाउँपालिका –ं ५ अर्मनका कृषकले तरकारी खेतीमा प्रयोग गर्न सङ्कलन गरेको मानव मुत्र (पिसाब) । माटोको उर्वराशक्ति र उत्पादन बृद्धि गर्न ‘पिसाबलाई हिसाबको आम्दानी मा बदलौं’ भन्ने अभियान
समुन्द्री सतहबाट चार हजार ९१९ मिटरको सर्वाधिक उचाइमा रहेको मनाङ नेस्याङ गाउँपालिका वडा नं ९ स्थित तिलिचो ताल । तस्वीरः नविन लामिछाने, मनाङ
माघ महिना देखी हाल सम्मको हिमपातले मनाङ चामे गाउँपालिकाको तिमाङ गाउँमा हिउँ अझै पग्लिएन । हिउँ नै हिउँले पुरीनै लागेका घरहरुको दृश्य । तस्वीर ः नवीन लामिछाने मनाङ
पूर्वी नवलपरासीको प्रख्यात धार्मिकस्थल त्रिबेणीस्थित गजेन्द्रमोक्ष धाम । गजेन्द्रमोक्ष धाममा हालसम्म करिब रु एकअर्ब बराबरको भौतिक पूर्वाधार निमार्ण भईसकेको छ । नेपालीसहित भारतबाटसमेत सयौं पर्यटकहरु धाम अबलोकनका लागि आउने गरेका
बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकामा रहेको गन्तव्य पोरखेगढी यात्रामा आन्तरिक पर्यटकहरु हिउँमा देउडा खेलेर मनोरञ्जन गरेर रमाउँदै । तस्वीर ः प्रेम रौले, बाजुरा (मार्तडी)
भरतपुर महानगरपालिका–१८ गुन्जानगरका स्थानीय युवा किसान प्रकाश पन्तले लगाएको गुलाबफूल को फर्म । पन्तले तीन महिनाको अवधिमा करिब १० लाखको गुलाबफुलको विक्री गरेका छन् । तस्वीरः कृष्ण आचार्य,भरतपुर
अन्नपुर्ण पदमार्गका क्रममा विदेशी पर्यटकहरु मनाङ चामे गाउँपालिका तिमाङको उकालो उक्लदै । तस्वीर नवीन लामिछाने मनाङ रासस
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिंहपुरका बासिन्दा सामूहिक रुपमा कुलोको डिल मर्मत गर्दै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,