जाजरकोट – डोल्पा सडक खण्डको बीचमा पर्ने डोल्पाको त्रिपुरकोट नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिर, त्रिपुरकोट गाउँलयातयको रमणीय बस्तीहरु । तल्लो डोल्पाको त्रिपुराकोट मुख्य व्यापारिक केन्द्रको रुपमा स्थापित
कालिकोटको दुर्गम नरहरिनाथ गाउँपालिकाको बिरामीलाई स्ट्रेचरमा उपचारका लागि सदरमुकाम मान्म खाँडाचक्रममा लगिँदै । शुरबहादुर सिंह- कर्णाली प्रदेश रासस ।
भक्तपुरमा सञ्चालित इँटा भट्टा, बस्तीसँगै रहेको भट्टाबाट निस्कने धुवाँले वातावरणमा प्रतिकुल असर पारेको छ । तस्वीर ः नवीन पौडेल,रासस
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा विद्युत विस्तारका लागि तारको काम गर्दै मजदुर । यस आर्थिक वर्षमा वडा नं ४, ५, ६, ७ र ८ मा विद्युत विस्तार गर्ने लक्ष्यका साथ काम
जाजरकोट जुनिचाँदे गाउँपालिका– ४ मा छाउगोठमा बसेकी महिला । यहाँका अधिकांश महिला महिनावारी हुँदा र सुत्केरी हुँदा गोठ बस्ने गर्दछन् । तस्वीर ः हेमन्त केसी, जाजरकोट, रासस
दाङमा आयोजना गरिएको थारु महोत्सवमा राखिएका थारु जीवन शैलीसँग जोडिएका काठका मूर्ति । तस्बिर ः रीता लामा, घोराही (दाङ), रासस
झापाको दमक नगरपालिका – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको परिसरमा निर्माण भएको स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पुर्णकदको सालिक । दमक नगरपालिकाको रु पाँच लाखको आर्थिक सहयोगमा निर्माण गरिइएको सालिक ।
काठमाडौबाट आएको बस नुवाकोटको सूर्यगढी गाँउपालिका–१ लच्याङहुदै रसुवाको नौकुण्ड गाँउपालिकाको पार्टीखर्क तर्फ जादै । तस्वीरःरामहरि न्यौपाने, बेत्रावती नुवाकोट, रासस ।
मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबार र सोमबार भएको हिमपात । तस्वीरः नृपेन्द्रबहादुर मल्ल, मुगु, रासस