‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ अन्तरगत सोमबार सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे तालमा डुङगा सयर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला
कञ्चनपुरको भीमदत्तनगरस्थित शिव मन्दीर परिसरमा शिवरात्रीको दिन सोमबार शिवको भेषमा देखिएका साधु । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर,
भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिकाको कार्यालयमा हिउँका बीचमा कार्यालय सञ्चालन गर्दै कर्मचारीहरु । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस
म्याग्दीको पर्यटकीयस्थल पुन हिलमा तस्वीर खिचपछि क्यामेरामा हेर्दै विदेशी पर्यटक । वासुदेव पौडेल
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको दमौली बजारको दृश्य । मानहुँकोट दृश्यावलोकनका लागि पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । तस्वीरःकृष्ण न्यौपाने, तनहुँ
काठमाडौँको नारायणहिटी संग्रहालयमा सोमबार अवलोकनकर्ताको चहलपहल । तस्वीर ः रोशन सापकोटा
भक्तपुरको ताथलीस्थित कृष्ण इँटा भट्टामा दूधे बालकलाई काखी च्यापेर इँटा पार्दै महिला मजदुर । मजदुरले हजार इँटा पारेर ११ सय ज्याला पाउँछन् । तस्वीर ः लक्ष्मी गारु, भादगाउँ
म्याग्दीको मंगला गाउँपालिका –ं ५ अर्मनका कृषकले तरकारी खेतीमा प्रयोग गर्न सङ्कलन गरेको मानव मुत्र (पिसाब) । माटोको उर्वराशक्ति र उत्पादन बृद्धि गर्न ‘पिसाबलाई हिसाबको आम्दानी मा बदलौं’ भन्ने अभियान
माघ महिना देखी हाल सम्मको हिमपातले मनाङ चामे गाउँपालिकाको तिमाङ गाउँमा हिउँ अझै पग्लिएन । हिउँ नै हिउँले पुरीनै लागेका घरहरुको दृश्य । तस्वीर ः नवीन लामिछाने मनाङ
बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकामा रहेको गन्तव्य पोरखेगढी यात्रामा आन्तरिक पर्यटकहरु हिउँमा देउडा खेलेर मनोरञ्जन गरेर रमाउँदै । तस्वीर ः प्रेम रौले, बाजुरा (मार्तडी)
भरतपुर महानगरपालिका–१८ गुन्जानगरका स्थानीय युवा किसान प्रकाश पन्तले लगाएको गुलाबफूल को फर्म । पन्तले तीन महिनाको अवधिमा करिब १० लाखको गुलाबफुलको विक्री गरेका छन् । तस्वीरः कृष्ण आचार्य,भरतपुर
अन्नपुर्ण पदमार्गका क्रममा विदेशी पर्यटकहरु मनाङ चामे गाउँपालिका तिमाङको उकालो उक्लदै । तस्वीर नवीन लामिछाने मनाङ रासस