Logo

तीन नम्बर प्रदेशको मुख्य मन्त्रीको दाबी छ : गगन थापा



चितवन, १० असोज :  नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दाबी रहेको बताउनुभएको छ ।

नोपल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले जिम्मेवारी दिए आफ्नो मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा रहेको बताउनुभयो । थापाले भन्नुभया,े “प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।” ‘स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले’तालमेलमा जानसक्ने भए पनि छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सकले कामै रोकेर आन्दोलन गर्नु राम्रो नरहेको बताउनुभयो । आन्दोलनका स्वरुप अरु पनि हुन सक्ने बताउँदै उहाँले संवादबाट समस्याको समाधान निकाल्न आग्रह गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्