Logo

सहकारी समस्याबारे गम्भीर छलफल, तत्काल कानुनी व्यवस्था गरिने



काठमाडौं, १३ वैशाख । सरकारले सहकारी समस्या समाधान गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्ने निर्णय गरेको बताइएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सहकारी समस्या समाधान गर्नेबारे गम्भीर छलफल भएको बताइएको छ । बैठकमा बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानका लागि कानुनी व्यवस्था गर्ने निर्णय भएको बताइएको छ ।

सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गरिनेबारे बैठकमा छलफल भएको बताइएको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले उच्च अदालत पाटनकान्यायाधीश सुदर्शनदेव भट्टलाई उक्तअदालतको कामकाजसमेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३ (१) अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot