Logo

आइपीएल : बेंग्लोर गुजरातसँग पराजित



बेंग्लोर,  १५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले खराब लय जारी राखेको छ । गएराति भएको खेलमा गुजरात लायन्ससँग पराजित भएसँगै बेंग्लोरको ‘प्ले अफ’मा पुग्ने सम्भावनामा गम्भीर धक्का लागेको छ ।

चिन्नास्वामी रंगशालमा भएको खेलमा पाहुना टोली गुजरातले बेंग्लोरलाई ७ विकेटले हरायो । बेंग्लोरले प्रस्तुत गरेको १ सय ३५ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा तीन विकेट गुमाएर पुरा गर्‍यो ।

गुजरातको जितमा आरोन फिन्चको ७२ रन तथा कप्तान सुरेश रैनाको अविजित ३४ रन महत्वपूर्ण रह्यो ।यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । बेंग्लोरका लागि पवन नेगीले ३२ रन तथा केदार जाधवले ३१ रन जोडेका थिए ।

गएरातिको जितपछि ८ खेलबाट ६ अंक जोडेको गुजरात अंक तालिकाको छैटौं स्थानमा रहेको छ । ९ खेलमा दुई खेलमात्रै जितेका बेंग्लोर ५ अंकसहित सातौं स्थानमा छ ।

यो हारले बेंग्लोरको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावनामा गम्भीर धक्का लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot