Logo

हेटौँडा उपमहानगर– १ मा काँग्रेस विजयी



हेटौडा, २ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य आज बिहान सम्पन्न भएको छ ।

सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गर्नुभएको थियो । वडाअध्यक्षमा विजय प्राप्त गर्नुभएका सविन न्यौपाने हेटौँडाबाट प्रकाशित हुने ‘साझा कुरा’ दैनिकका सम्पादक हुनुहुन्थ्यो ।

हेटाँैडा उपमहानगरपालिकाको वडा नं २, १८ र १९ वडाको मतगणना कार्य अहिले १० बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot