Logo

मकवानपुरगढी गाउँपालिकामा एमाले विजयी



cpn-uml-1

हेटौँडा, ३ जेठ । मकवानपुर जिल्लाका आठ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ ।

मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का विदुर हुमागाईंले तीन हजार ८१४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा ९एमाले०का हर्कमाया रुम्बाले तीन हजार ७१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मन्दिरा जोशीले तीन हजार ७०७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत देवकुमार राईले जानकारी दिनुभयो ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार भेटवालले ७६० मत प्राप्त गर्नुभएको छ ।

अन्य गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मतगणनाको कार्य अहिले पनि जारी रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्