Logo

बृहत् व्यवस्थापकीय गतिविधि’ सञ्चालन



काठमाडौँ, ७ जेठ । त्रिविअन्तर्गत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले ‘बृहत् व्यवस्थापकीय गतिविधि’ सञ्चालन गरेका छन् ।

कलेजले विद्यार्थीलाई उपलब्ध गराएको व्यावसायिक अध्ययनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पु¥याउन एक सातासम्म जारी रहने उक्त कार्यक्रममा विभिन्न उद्योग तथा सफल उद्यमीका व्यवस्थापकीय दृष्टिकोणमा अन्तक्र्रिया, नयाँ सिर्जनशीलताका लागि बेलायती संसदीय प्रणालीका आधारमा बहस, श्रम बजारमा कति रोजगार वृद्धिका लागि कति लगानी तथा त्यसको अर्थतन्त्रमा पर्ने प्रभावबारे विज्ञको प्रस्तुतिलगायत कार्यक्रम छन् ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले कुनै पनि सङ्गठनको समुन्नतिका लागि व्यवस्थापकीय ज्ञानको खाँचो औँल्याउँदै विद्यार्थीले सुरु गरेको सो कार्यक्रमले उनीहरुलाई जीवनको प्रत्येक पाइलामा सिर्जनशील बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले मुलुकको विकासका लागि समाजमा भएका स्रोतसाधनको व्यवस्थित प्रयोग गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि मानव संसाधनको असल व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

स्कुल अफ म्यानेजमेन्टका निर्देशक महानन्द चालिसेले अन्तर्राष्ट्रिय तहको पाठ्यक्रममा आधारित स्नातकोत्तर तहको व्यवस्थापन विषयको अध्यापन गराइरहेको सो संस्थाले विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड दिने गरेको जानकारी दिनुभयोे । सो संस्थामा करिब १४० विद्यार्थी अध्ययनरत छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot