Logo

युगकवि श्रेष्ठको १०६ औँ जन्मजयन्ती मनाइयो



काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औँ जन्मजयन्तीको उपलक्ष्यमा कविता वाचन गरिएको छ । प्राज्ञ रामकृष्ण दुवाल, रत्नविरही घिमिरे र अन्तरिक्ष अधिकारीले युगकवि श्रेष्ठले सिर्जना गरेका विभिन्न कविता वाचन गर्नुभएको थियो ।

ओमवहालस्थित सिद्धिचरण चोकमा गरिएको उक्त कार्यक्रममा श्रेष्ठले लेख्नुभएको तर्पण कवितालाई गायक मनिष वियमले गीतका रुपमा गाउनुभएको थियो ।

सो अवसरमा सिने निर्देशक यादव खरेलले स्वच्छन्दवादी कवि श्रेष्ठले साहित्य सिर्जनाका माध्यमबाट मुलुकमा निरङ्कुश जहानियाँ शासनका विरुद्ध जनमत तयार गरी प्रजातान्त्रिक परिवर्तनमा सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।

युगकविका छोरा रविचरण तथा समाजसेवी सुवर्ण शाक्यले युगकवि श्रेष्ठले नेपाली र नेवारीमा सिर्जना गरेका साहित्यलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

ओखलढुङ्गामा जन्मनुभएका श्रेष्ठले काठमाडौँको ओमवहाललाई कर्मथलोका रुपमा प्रयोग गर्नुभएको थियो । ओमवहालमा अवस्थित श्रेष्ठको अर्धकदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot