Logo

म्याग्दीको देवीस्थानको सिमानामा बतासेमा झोलुङ्गे पुल निर्माण



म्याग्दी (बाबियाचौ), २० जेठ । म्याग्दीको मालीका गाउँपालिका– १ निस्कोट र ५ देवीस्थानको सिमानामा झोलुङ्गे पुल निर्माण भएको छ ।

बतासेस्थित रितुङ खोलामा रु २६ लाख ५७ हजार ४२५ को लागतमा ६३.६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । सो पुलबाट निस्कोट र ओखरबोटका २८३ घरधुरीका एक हजार ५५८ जनसङ्ख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर फगामीले बताउनुभयो ।

२५.५२ मेट्रिक टन भारबहन क्षमत्ता भएको पुल निर्माणका लागि जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)ले रु २१ लाख ७१ हजार ९३ अनुदान उपलब्ध गराएको थियो ।

स्वाप परियोजनाले रु दुई लाख ९४ हजार ३६८ र साविक गाविस कार्यालयले रु ५२ हजार १४ हजार अनुदान उपलब्ध गराएको पुल निर्माणका लागि उपभोक्ताले रु एक लाख ३९ हजार ९५० बराबरको श्रमदान गरेका थिए ।

रेडक्रस उपशाखाको भवन निर्माण

यसैगरी नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाको भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा रु दश लाख ५३ हजारको लागतमा एक तले तीन कोठे भवन निर्माण भएको छ ।

जिल्ला समन्वय समितिको रु दुई लाख, साविक गाविस कार्यालयको रु दुई लाख अनुदान र रु ६ लाख ५३ हजार चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको उपशाखाका निवर्तमान सभापति दशरथकुमार कर्माचार्यले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्