Logo

सिंहदरबारमा निर्णायक बैठक सुरु, आजै अन्तिम छिनोफानो गर्ने सरकारको तयारी



काठमाडौं, १ असार । राजपालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले लगातार तीन दिनदेखि जारी रहेको प्रमुख दलको बैठक आजपनि बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राजपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टीवीचको बैठक सुरु भएको छ ।

आजको बैठकलाई निर्णायक रुपमा लिईएको छ । बिहान १० बजे बस्ने भनिएको वैठक केही समय ढिलामात्रै सुरु भएको हो । वैठकमाख मुख्य दलका शीर्ष नताहरुको उपस्थिति छ ।

उता निर्वाचन आयोगले तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ । उसले अब चुनाव सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको छ ।

हिजो बसेको चार दलिय वैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । भोलि अर्थात असार २ गते मनोनयन दर्ता गर्ने दिन नजिकिदा पनि दलहरु बीच सहमति हनु नसक्दा जनताको बीचमा अन्योल सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस्