Logo

पत्रकारिता सम्मान २०७४ बाट पत्रकार दिलिप थापा सम्मानित



काठमाडौं, ३ असार । दुई दशकदेखि निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले पत्रकार दिलिप थापालाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंको नेपाल टुरिज्म बोर्डमा विशेष कार्यक्रमको आयोजना गरि उक्त संस्थाले आफ्नो आफ्नो चौधौं वार्षिकोत्सवको उपलक्ष्यमा पत्रकार थापासँगै प्राज्ञ उन्नतीशिला बोहरा लगायतलाई समेत सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले उनीहरुलाई सम्मान गरेका हुन् ।
पत्रकार थापा विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल नेपाल टेलिभिजनका सम्वाददाता हुन् । थापा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत हुन् ।

सम्मानपत्रमा उल्लेख गरिएको छ,‘तपाई विगत दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ सञ्चारको क्षेत्रमा सक्रिय एक अनुकरणीय र प्रेरणादायी सामाजिक अभियन्ता हुनुहुन्छ । १७ वर्षदेखि नेपाल टेलिभिजनमा कार्यरत तपाई , हिमालय टेलि भ्वाईस प्रा.ली., पूर्व केन्द्रिय सदस्य नेपाल पत्रकार महासंघ लगायत विभिन्न सञ्चार एवम् सामाजिक संघ संस्थाहरुमा आवद्ध भई आफ्नो कुशल क्षमता र नविन सोचका कारण यस क्षेत्रको माध्यमबाट राष्ट्र निर्माणमा महत्वपूर्ण टेवा पुर्याउँदै आउनु भएको सर्वविदितै छ। यहाँले मुलुकको सञ्चार एवम सामाजिक रुपान्तरणको लागि खेल्नु भएको प्रशंसनीय, अतुलनीय, एवम् अविस्मरणीय कार्यको उच्च मूल्यांकन गर्दै सम्वाद क्लब नेपालको चौधौं वार्षिाकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा यहाँलाई पत्रकारिता सम्मान २०७४ प्रदान गरिएको छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot