Logo

तानसेनमा मतदान अधिकृतलाई तालिम



रामपुर (पाल्पा), ५ असार । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ ।

यहाँका २११ मतदान अधिकृत, २११ सहायक मतदान अधिकृत र अन्य कर्मचारीसहित कुल ४४२ जनालाई तालिम दिन थालिएको हो । निर्वाचनको पूर्व तयारीदेखि सम्पन्न हुँदासम्मको जानकारी दिने उद्देश्यले दुई चरणमा सो तालिम सुरु गरिएको हो ।

पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा ७ र ८ गते सदरमुकाम तानसेनमा तालिम आयोजना गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृतलगायतले तालिम प्रदान गरिरहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्