Logo

चीनीयाँ टोलीद्धारा प्रधानमन्त्री देउवासँग भेटवार्ता, छिट्टै उच्चस्तरीय भ्रमण गर्ने जानकारी



काठमाडौं, ७ असार । चीनको उच्चस्तरीय राजनीतिक नेपाल भ्रमण चाँडै हुने भएको छ ।

बुधबार चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटवार्तामा यस्तो जानकारी गराईएको हो । चिनियाँ टोलीले चीनको उच्चस्तरीय नेतृत्वले छिट्टै नेपाल भ्रमण गर्नेबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपाल–चीनवीच उच्चस्तरको सम्बन्ध रहेकोले आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ हुने विश्वास व्यक्त गरे ।

यता सोही टोलीले उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले छिट्टै चीनीयाँ उच्च नेतृत्वको नेपाल भ्रमण हुने बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री महरा र भेटवार्ता गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युवीच भेटवार्ता भएको हो । भेटमा नेपाल–चीन द्धिपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको छ ।

भेटपछि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपप्रधानमन्त्री महराले चीनीयाँ उच्च नेतृत्व टोलीको नेपाल भ्रमण छिट्टै हुनेबारे आज कुराकानी भएको थियो । उपप्रधानमन्त्री महराका अनुसार आजको भेटमा नेपाल–चीन द्धिपक्षीय व्यापार तथा व्यवसायको बारेमा पनि कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्