Logo

शेखर कोइरालाको आरोप : विजय गच्छदार चरम अवसरवादी हुन्



shekhar

काठमाडौं, १० असार । प्रमुख दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् उपप्रधान तथा संघीय मामिलामन्त्री विजयकुमार गच्छदारलाई अवसरवादी नेता भएको आरोप लगाएका छन् ।

शनिबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा बोल्दै नेता कोइरालाले गच्छदारलाई चरम अवसरवादी नेता बनेको आरोप लगाएका हुन् । उनले भने,‘गच्छदार चरम अवसरवादी नेता हुन्, उहाँ अहिले सरकारमा हुनुहुन्छ तर स्थानीय तहको निर्वाचनमा प्रतिपक्षी दलसँग तालमेल गर्नुभएको छ, यो पनि राजनीतिक चरित्र हो त ?’

यद्धपी उनले गच्छदारले एमालेसँग साँठगाँठ गरेपनि विराटनगर महानगरपालिकाको मेयर लगायत प्रदेश नम्बर एकका ६० प्रतिशत स्थानमा कांग्रेस विजयी हुने दाबी गरे । उनले भने,‘कांग्रेसले एमलो र फोरम लोकतान्त्रिकको गठबन्धनलाई पराजित गर्छ, ढुक्क हुनुहोस, हामी प्रदेश नम्बर १ मा ६० प्रतिशत स्थानमा विजयी हाँसिल गर्छौं।’

गच्छदारले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा एमालेसँग चुनावी तालमेल गरेकोप्रति कडा रुपमा प्रस्ततु भएका कोइरालाले भने,‘सरकारमा पनि बस्ने अनि ? प्रतिपक्षीसँग तालेमेलन गर्ने ? यो गैर–राजनैतिक चरित्र हो ।’ राजनीतिक चरित्र भएको मान्छेले अपवित्र गठबन्धन कहिल्यै पनि नगर्ने बताउँदै कोइरालाले प्रश्न गरे,‘राजनीतिक संस्कार भएको भए सरकारमा बस्नेहरुले प्रतिपक्षी दलसँग चुनावी तालमेल गर्दैनन थिए, हुन त पहिला मैले नै गच्छदारलाई हराएका हुँ । अहिलेपनि विराटनगरमा गच्छदारको मान्छेले जित्दैन्, म ठोकुवा दिएर भन्छु ।’

उनले आफू चुनावी प्रचारप्रसारको क्रममा पूर्वाञ्चलका सबै जिल्लामा घुमेको बताउँदै दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो बन्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्